Tuesday, December 24, 2024
Homeफिचरसाउनमा १३ बैंकले घटाए ब्याजदर, दुईको बढ्यो, ५ वटाको स्थिर

साउनमा १३ बैंकले घटाए ब्याजदर, दुईको बढ्यो, ५ वटाको स्थिर

विराटचोकः साउन महिनाका लागि १३ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६ दशमलव ७४ प्रतिशत कायम भएको छ । असार महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६ दशमलव ८७ प्रतिशत थियो ।

संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औसत ब्याजदर ५ दशमलव ४८ प्रतिशत कायम भएको छ । असार महिनामा संस्थागततर्फ बैंकहरुको औसत ब्याजदर ५ दशमलव ६७ प्रतिशत थियो ।

यस्तो छ वाणिज्य बैंकहरुको ब्याजदर

एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

एनएमबी बैंक
बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

एभरेष्ट बैंक
बैंकले साउन महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ ६.३० र संस्थागततर्फ अधिकतम ५.३० प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.७५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

कुमारी बैंक
कुमारी बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५१ प्रतिशत र संस्थागतर्फ ५.५६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७६ प्रतिशत र संस्थागतर्फ ५.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक
बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६.५ र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।

नबिल बैंक

साउन महिनाका लागि नबिल बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल बैंक लिमिटेड
बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकको व्यक्तिगततर्फ अधिकतम ६.७५ र संस्थागतर्फको अधिकतम ४.७५ प्रतिशत ब्याजदर कायम थियो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३० प्रतिशत र संस्थागततर्फ ५.३० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैंक
प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले साउन महिनाका लागि ब्याजदरमा कटौति गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

माछापुच्छ्रे बैंक
साउन महिनाका लागि बैंकले ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागततर्फ दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको थियो ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले साउन महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सानिमा बैंक
सानिमा बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर कायम गरेको छ । जुन असार महिना क्रमशः ६.८ र ५.८ प्रतिशत कायम रहेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ । असार महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।

हिमालयन बैंक
हिमालयन बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत र संस्थागततर्फ ६.५०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments