विराटचोकः गत आर्थिक वर्ष २०८० ८१ मा शेयर बजार परिसूचक मापक नेप्से ६ दशमलव ८३ प्रतिशत अर्थात् १४३ दशमलव ३२ अंक बढेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा २०९७ दशमलव ०९ बिन्दुमा बन्द भएको नेप्से गत आर्थिक वर्षमा २२४० दशमलव ४१ बिन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ०.७७ प्रतिशत बढेको छ । सर्वसाधारण शेयरको कारोबार मापन गर्ने फ्लोट इण्डेक्स गत आर्थिक वर्ष ५ दशमलव २७ प्रतिशत बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ५९ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षमा वित्त उपसमूहको परिसूचक सर्वाधिक ३५.२६ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्ष १९२५ दशमलव ३२ बिन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत आर्थिक वर्षमा ६७८ दशमलव ८४ अंक बढेर २६०४ दशमलव १६ बिन्दुमा बन्द भएको छ । सामुहिक लगानी कोष उपसमूहको परिसूचक करिब ३५ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षमा जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १० दशमलव २० प्रतिशत अर्थात १२२३ दशमलव ५५ अंक घटेको छ ।