Tuesday, December 24, 2024
Homeफिचर२२ सदस्यीय मन्त्रिपरिषदमा १० नयाँ अनुहार

२२ सदस्यीय मन्त्रिपरिषदमा १० नयाँ अनुहार

विराटचोकः नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा गठित २२ सदस्यीय मन्त्रिपरिषद्मा १० जना नयाँ मन्त्री हुनुहुन्छ । जसमा एमालेका ४ जना र कांग्रेसका ६ जना हुनुहुन्छ ।

सकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादीका २ र लोसपाका १ जना मन्त्री छन् । मन्त्रिपरिषद समावेशी बनेको छैन । २२ सदस्यीय मन्त्रिपरिषदमा एक जना पनि दलित समावेश गरिएको छैन ।

कांग्रेसका प्रकाशमान सिंह, रमेश लेखक र दीपक खड्का यसअघि पनि पटक–पटक मन्त्री भइसकेका व्यक्ति हुन् । सिंह काठमाडौं क्षेत्र नम्बर १, लेखक कञ्चनपुर ३ र खड्का संखुवासभाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

कांग्रेसबाट मन्त्री हुने बाजुराका बद्री पाण्डे, डडेलधुराकी आरजु राणा देउवा, धादिङका रामनाथ अधिकारी, सप्तरीका तेजुलाल चौधरी, मुगुका ऐनबहादुर शाही र तनहुँका प्रदीप पौडेल पहिलो पटक मन्त्री हुनुभएको हो ।

उहाँहरुमध्ये कांग्रेस सहमहामन्त्री पाण्डे बाजुराबाट विजयी हुनुभएको हो । राणा समानुपातिक सांसद हुनुहुन्छ भने अधिकारी धादिङ २, चौधरी सप्तरी ४, शाही मुगु र पौडेल काठमाडौं ५ बाट निर्वाचित हुनुभएको हो ।

पाण्डे पर्यटन, राणा परराष्ट्र, अधिकारी कृषि, चौधरी युवा, शाही वन र पौडेल स्वास्थ्य मन्त्री बन्नुभएको छ ।

एमालेबाट मन्त्री हुने ८ जनामध्ये आधा पटकपटक मन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ ।

सोलुखुम्बुका मानवीर राई रक्षा मन्त्री तथा कास्कीकी विद्या भट्टराई शिक्षा मन्त्री हुनुभएको छ । एमाले राष्ट्रिय सभा दलका नेता झापाका देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बन्दा पर्साका राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त हुनुभएको छ । उहाँहरु पहिलो पटक मन्त्री बन्नुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments