विराटचोकः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ लिटरमा तीन रुपैयाँ बढाएको जानकारी दिएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।