Tuesday, December 24, 2024
Homeफिचरविष्णु पौडेल अर्थमन्त्री भएको दिन नेप्सेले देखायो रातो झण्डा

विष्णु पौडेल अर्थमन्त्री भएको दिन नेप्सेले देखायो रातो झण्डा

विराटचोकः शेयर लगानीकर्ताले रुचाएका नेकपा एमालेका विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएर शपथ लिएको दिन नेप्से दोहोरो अंकले घटेको छ ।

पौडेल आठ पटक मन्त्री हुँदा पाँचौँ पटक अर्थमन्त्री भएका हुन् । उनी अर्थमन्त्री हुने हल्लासँगै अघिल्लो सातादेखि बढेको बजारले आज आराम लिएको अनुमान लगानीकर्ताको छ । आज शेयर बजार १७.१८ अंकले घटेर २२४०.४१ अंकमा बन्द भएको छ ।

आज कारोबार रकम भने बढेको छ । आज ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँको शेयर किनबेच भएको छ । आज ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर किनबेच हुँदा माथिल्लो तामाकोशीको शेयर सबैभन्दा धेरै ३७ करोड ८ लाख ७२ हजार ५८९ रुपैयाँको किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्ट्रक्चर बैंक र जानकी फाइनान्स परेका छन् ।

माण्डु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ जानकी फाइनान्सको शेयरमूल्य १० प्रतिशत घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड ७२ लाख ३९ हजार ५१० रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments