विराटचोकः इङ्ल्यान्डलाई पराजित गर्दै स्पेनले चौथोपल्ट युरो कप जितेको छ । यसअघि स्पेनले सन् १९६४, सन् २००८ र सन् २०१२ मा उपाधि चुमेको थियो । त्यसबेला स्पेनले क्रमश , जर्मनी र इटालीलाई पराजित गरेको थियो । जर्मनीले तीन र इटालीले दुई पटक युरो कप जितेका छन् ।
जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा आज बिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । दोस्रो हाफको ४७ औँ मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए । ७३ औं मिनेटमा कोल पाल्मरले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काएका थिए ।
८६ औं मिनेटमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाएपछि स्पेनले चौथो पटक युरो कप उचालेको हो ।
पहिलो पटक युरो कपको उपाधि उचाल्ने दाउमा रहेको इङ्ल्याण्डलाई जारी प्रतियोगितामा अपराजित रहँदै स्पेनले उपविजेतामा सीमित गराएको हो ।