Tuesday, December 24, 2024
Homeफिचरसाउन ४ गतेदेखि सूर्याेदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने

साउन ४ गतेदेखि सूर्याेदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने

विराटचोकः सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमै थप सार्वजनिक निष्काशन अर्थात् एफपीओ निष्काशन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने\गाभिनका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको शेयर निस्कासन गर्न लागेको हो । लगानीकर्ताले साउन ८ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्छन् । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा थप १० दिनसम्म आवेदन दिन पाइनेछ ।

सो लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने सो कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments