Tuesday, December 24, 2024
Homeअर्थप्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा

काठमाडौंः मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले यी दुई नियुक्ति गर्ने निर्णय गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

डा. खतिवडा २०७४ सालमा ओलीकै मन्त्रिपरिषदमा अर्थमन्त्री नियुक्त हुनुभएको थियो । त्यसपछि, पदावधि सकिएर उहाँ राष्ट्रिय सभा सदस्यबाट पदमुक्त हुनुभएको थियो । त्यसपछि केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको रूपमा खतिवडाले जिम्मेवारी सम्हाल्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments