Tuesday, December 24, 2024
Homeफिचर५ विकास बैंक र ३ फाइनान्स कम्पनीलाई कारवाही

५ विकास बैंक र ३ फाइनान्स कम्पनीलाई कारवाही

विराटचोकः नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास अवधिमा ५ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । नियामकीय व्यवस्था उल्लङ्घन गरेपछि कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्स कारवाहीमा परेका हुन् ।

कर्णाली विकास बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेपछि २ हजार ५४६ रुपैयाँ जरिवाना तिरेको छ । नारायणीको शीघ्र सुधारात्मक कारवाहीलाई निरन्तरता दिइएको छ । कर्पोरेटले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण ढिलो पेश गरेपछि सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । सिन्धु विकास बैंकलाई न्यूनतम पुँजी कोष अनुपात ३२.९० प्रतिशतले अपुग भएपछि शीघ्र सुधारात्मक कारवाही गरिएको छ ।

बेष्ट फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण ढिलो पेश गरेको र साधारण सभा समयमै नगरेको भन्दै कम्पनीको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

सिन्धुका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नियम विपरीत विभिन्न कामहरु गरेपछि उनलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गरेको छ । श्रेष्ठले चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख बराबरको सेयर धितो फुकवा गर्ने निर्णय गराएको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याजसमेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गर्ने निर्णय गरेको पाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments