विराटचोकः नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजार खुलेको पहिलो मिनेटमै बजार ४ प्रतिशतले र २० मिनेटपछि खुलेको बजारमा थप १ प्रतिशत बढेपछि ४० मिनेटका लागि शेयर कारोबार रोकिएको छ ।
लगानीकर्ता उत्साहित हुनुको कारण अर्थमन्त्रीमा लगानीकर्ताले रुचाएका एमालेका नेता विष्णु पौडेल आउने सम्भावना हुनु पनि हो ।
एउटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ भने बाँकी सबै कम्पनीको शेयरमूल्य बढेको छ । कुनै पनि कम्पनीको शेयरमूल्य घटेको छैन ।