विराटचोकः वन क्षेत्रको संरक्षण, वन्यजन्तुलाई आहारा तथा हरियाली वन बनाउने उद्देश्यले सुकुना सामुदायिक वन उपभोक्ता समूहले वृक्षरोपण गरेको छ ।
वनको ५ हेक्टर क्षेत्रफलमा साल, कटहर, निम, जामुनलगायतका करीब १० हजार बिरुवा विरुवा रोपेको उपभोक्ता समितिका अध्यक्ष तुलसी रिमालले बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गोपाल दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।







