Tuesday, December 24, 2024
Homeफिचरइन्टर्न गर्दा पुलचोक क्याम्पसका विद्यार्थीले न्यूनतम पारिश्रमिक पाउने, नेवि संघको पहलमा सम्झौता...

इन्टर्न गर्दा पुलचोक क्याम्पसका विद्यार्थीले न्यूनतम पारिश्रमिक पाउने, नेवि संघको पहलमा सम्झौता सम्पन्न

काठमाडौंः नेपाल विद्यार्थी संघको पहलमा ५ वटा कम्पनीसँग इन्टर्नसिप गर्ने विद्यार्थीलाई न्यूनतम १५ हजार पारिश्रमिक दिने सम्झौता भएको नेविसंघले जनाएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार एरोनोटिकल इन्जिनियरिङ अध्ययनरत ३ जना विद्यार्थीलाई समिट एयरमा, सिभिल इन्जिनियरिङ पढ्ने २ जनालाई रसुवा कन्स्ट्रक्सनमा, सिभिल इन्जिनियरिङकै २ जनालाई पीएस कन्स्ट्रक्सनमा पारिश्रमिकसहित इन्टर्नको सम्झौता गरिएको छ ।

त्यस्तै गोल्डेन गुड्स एन्ड शेर्पा कन्स्ट्रक्सनमा सिभिल इन्जिनियरिङ पढ्ने २ जनाले, रोहित एन्ड छिरिङ कन्स्ट्रक्सनमा सिभिल इन्जिनियरिङ पढ्ने १ जनाले र मेकानिकल इन्जिनियरिङ पढ्ने १ जनाले यही वर्षदेखि लागू हुने गरी इन्टर्न गर्दा न्यूनतम पारिश्रमिक पाउने भएका हुन् ।

पुलचोक इन्जिनियरिङ क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्य, कम्पनीका प्रतिनिधि, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, केन्द्रीय सदस्य तथा इन्टर्नसिप संयोजक पारस बस्नेतबीच पुलचोक क्याम्पसमा सम्झौता भएको हो । सम्झौता अनुसारको विद्यार्थी संख्या क्याम्पसले प्राथमिकताको आधारमा छनोट गरेर पठाउने भएको छ ।

पुलचोक इन्जिनियरिङ क्याम्पसले सबै विषयका विद्यार्थीलाई ६ महिना अनिवार्य इन्टर्न गर्नुपर्ने व्यवस्था गरेको छ । क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्यले अहिलेसम्म विद्यार्थीले निःशुल्क इन्टर्न गर्नुपर्ने बाध्यता रहेकोमा नेविसंघले चालेको कदम सकारात्मक भएको बताउनुभयो ।

हाल अधिकांश विद्यार्थी सामान्य खाजाको भरमा इन्टर्न गर्दै आएका छन् । केही कम्पनीले भने मासिक ५ देखि ७ हजार रुपैयाँ भत्ता दिने गर्थे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments