लेटाङः मोरङको लेटाङ नगरपालिकाले नगरका औपचारिक तथा अनौपचारिक कार्यक्रममा पेय पदार्थको रुपमा मोहीको प्रयोग गर्न थालेको छ ।
मोहीको प्रवद्र्धन गर्न नगरले बट्टाबन्द पेय पदार्थको साटो मोहीको प्रयोगमा जोड दिएको हो ।
नगरपालिकाले मोहीको प्रयोग गरी किसानको उत्पादनलाई बढाई कृषिको प्रवद्र्धन गर्न सबैलाई आग्रह पनि गरेको छ ।