गछिया: मोरङको साजीलाल माध्यमिक विद्यालय गछिया ब्लक सुन्दरहरैँचा ७ मा सञ्चालित विशेष कक्षाका विद्यार्थीलाई पंखा वितरण गरिएको छ ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयलाई इटहरी रकर्स हेल्पिङ हेन्डसले ३ वटा पंखा प्रदान गरेको हो । हेल्पिङ हेन्डसले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सदस्य अनिल पोख्रेलले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले विद्यालयलाई सहयोग गर्ने संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा नगरका अन्य क्षेत्रमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
सो विद्यालयको गछिया भवनमा ४ सय २२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये २२ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी रहेका छन् ।