Tuesday, January 20, 2026
Homeफिचरसुनको भाउ तोलामा घट्यो ४०० रुपैयाँ, चाँदीको घट्यो १० रुपैयाँ

सुनको भाउ तोलामा घट्यो ४०० रुपैयाँ, चाँदीको घट्यो १० रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगी रेकर्ड कायम हुँदा प्रति तोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

हिजो सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

अस्ति सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments