विराटचोकः लोहन्द्रा केराबारी साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
जिल्ला डिभिजन वन कार्यालयका मोरङका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष दीपनारायण खाँले गर्नुभएको थियो ।
कार्यक्रमम विभिन्न साझेदारी तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिको उपस्थिति थियो ।
समूहको कार्यक्षेत्रभित्र पर्ने ७ स्थानीय तहका ३३ वडामध्ये कुनै पनि वडाका जनप्रतिनिधिको कार्यक्रममा उपस्थिति थिएन ।