विराटनगरः विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् ।
विराटनगर ६ का दीपक मण्डलको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आगलागी नियन्त्रण गरिसकेपछि गोदाममा अर्का एक जनाको पनि शव भेटिएको छ । तर शव जलेको हुनाले महिलाको हो कि पुरुषको हो भनेर छुट्याउन नसकिएको प्रहरीले जनाएको छ ।
सो आगलागीमा घाइते भएका विराटनगर ६ की वर्ष ६५ की सुशीला पासवान, ५८ वर्षका किशोर पासवान, ३० वर्षीया पिङ्की कामत र ६० वर्षीया अजिता सरदारमध्ये किशोर पासवानको उपचार कोशी अस्पतालमा भइरहेको छ । अन्यको उपचार भने न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।