Tuesday, December 24, 2024
Homeसमाचारसुन्दरहरैंचाको ७ नम्बर वडाले गर्याे सचेतना र्याली र कोणसभा

सुन्दरहरैंचाको ७ नम्बर वडाले गर्याे सचेतना र्याली र कोणसभा

विराटचोकः नोभेम्बर २५ देखि विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सुन्दरहरैंचाको वडा नम्बर ७ ले आज वडाभर सचेतना र्याली निकाल्नुका साथै कोणसभा गरेको छ ।

विहान साढे ११ बजे वडा कार्यालय ठडियाबाट शुरु भएको र्याली वडा नम्बर २ को सिमासम्म पुगेको थियो भने ठडिया बीच टोलमा कोणसभा भएको थियो । र्यालीमा सहभागीले विभिन्न नाराअङ्कित प्लेकार्ड बोकेका थिए ।

त्यसपछि वडा नम्बर ८ र ११ को सिमाना गोठगाउँमा पुगेको सचेतना र्यालीले त्यहाँ पनि कोणसभा गरेको थियो । त्यसपछि वडा नम्बर ८ को सिमाना विश्वविद्यालय, कामत टोल हुँदै पानी ट्याङ्कीमा पुगेर कोणसभा सम्पन्न भएको थियो ।

सो कोणसभापछि बेलगाछी हुँदै निस्किएको र्यालीले वडा नम्बर ३, ४ र ६ को सिमाना गछियामा कोणसभा गरेको थियो । गछियाको कोणसभापछि र्याली वडा कार्यालयमा आएर सम्पन्न भएको थियो ।

कोणसभालाई आप्रवासी महिला कामदार समूह (आमकास) की मोरङ अध्यक्ष उमा सेढाईँ, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरलगायतले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले लैङ्गिक हिंसा घरबाटै शुरु हुने हुनाले घरबाटै अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । लैङ्गिक हिंसा महिलामाथि बढी हुने गरे पनि पुरुषमाथि पनि हिंसा हुने गरेको हुनाले सबै प्रकारका हिंसा अन्त्य गर्नुपर्ने बताएका थिए ।

सचेतना र्यालीमा वडामा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, वडा नम्बर ७ का साथै वडा नम्बर ८, ९ लगायतका जनप्रतिनिधि, वडा नम्बर ७ का टोल विकास संस्थाका पदाधिकारी, बजार व्यवस्थापन समितिका पदाधिकारी, सञ्चारकर्मी तथा सर्वसाधारण सहभागी थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments