विराटचोकः मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ मंगलबार बिहान बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो ।
कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १३ लाख ४० हजार १ सय ९९ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५ सय ६७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत् कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ । जसअनुसार १ लाख १४ हजार ८ सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।