Tuesday, December 24, 2024
Homeफिचरअटिजम भएका बालबालिकाका अभिभावकका लागि स्याहारसुसार तालीम

अटिजम भएका बालबालिकाका अभिभावकका लागि स्याहारसुसार तालीम

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले अटिजम भएका बालबालिकाका अभिभावकलाई केयर टेकरसम्बन्धी तालीम दिएको छ । नगरपालिकाले अटिजम भएका बालबालिकाहरुका अभिभावकलाई बच्चाको हेरचाह गर्ने तरिकाबारे जानकारी दिन तालीम आयोजना गरेको हो ।

अटिजम भएका बालबालिकाहरूले देखाउने व्यवहार गहिरिएर नियाल्न र बुझ्न सक्ने बनाउन तालिमको आयोजना गरिएको सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले बताउनुभयो ।

कम खर्चमै घरमै उपलब्ध सामग्रीबाट अटिजम भएका बालबालिकाको थेरापी गरी अटिजमको समस्यामा सुधार ल्याउन सकिने अटिजम केयर सोसाइटी विराटनगरका बाल रोग विशेषज्ञ डा. सुमित घिमिरेले बताउनुभयो ।

वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले अटिजमको थेरापी विधिबारे जानकारी दिन अभिभावकमा चेतनाको आवश्यकता पर्ने बताउनुभयो ।

नगर कार्यपालिका सदस्य रूजा घिमिरेले अटिजमसम्बन्धी भ्रम चिर्न र अटिजम भएका बालबालिकाको उपचारका लागि यस्ता तालीमको आवश्यकता रहेको औँल्याउनुभयो ।

अपाङ्गता महासंघ कोशी प्रदेश उपाध्यक्ष भीमा खतिवडाले नगरपालिकाले यस्तो कार्यक्रम आयोजना गर्दा अत्यन्तै खुशी भएको बताउनुहुँदै अभिभावकमा चेतना फैलाउन सकेमा अटिजम समस्या भएका बालबालिकाका धेरै अभिभावक लाभान्वित हुने बताउनुभयो ।

नगरपालिकाको सामाजिक शाखा प्रमुख शान्ता घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

महिला स्वयम्सेविकालाई अटिजम भएका बालबालिकाको पहिचानसम्बन्धी तालीम दिन सके चेतना फैलाउन सहज हुनेमा महिला स्वास्थ्य स्वयम्सेविका नन्दा भट्टराईले जोड दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments