विराटचोकः आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडे पनि भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको असर नेपालमा पनि परेको हो ।