Wednesday, December 25, 2024
Homeफिचरधरानको शारदा बालिका नमुना माविमा जेठ २४ गतेदेखि हीरक महोत्सव

धरानको शारदा बालिका नमुना माविमा जेठ २४ गतेदेखि हीरक महोत्सव

धरानः २००५ सालदेखि औपचारिक विद्यालयको रूपमा सञ्चालन हुन थालेको धरानको शारदा बालिका नमूना विद्यालयले जेठ २४ गतेदेखि हीरक महोत्वस मनाउने भएको छ ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक पदमप्रसाद लुइँटेलले महोत्सव १ साता चल्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिभा श्रेष्ठले आफू व्यवस्थापन समितिमा आएपछि स्कुललाई नयाँ गति दिने योजना अघि बढाएको बताउनुभयो ।

उहाँका अनुसार विद्यालयमा आकर्षण बढाउन प्राविधिक विषयको पठनपाठन थप गर्ने योजनामा काम भइरहेको छ । फेसन डिजाइन तथा ब्युटी पार्लरको प्राविधिक विषय पठनपाठनको योजना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रधानाध्यापक धर्मनारायण सिंहले विद्यालयको पुरानो साख फर्काउन हीरक महोत्सवले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक तथा स्थापनाकालमा योगदान गरेका दाताहरूलाई सम्मान गर्ने कार्यक्रम छ ।

महोत्सवमा विद्यार्थीका लागि स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् । अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिने बताइएको छ । आँखा परीक्षण, रक्तदान, हाडजोर्नी परीक्षणका शिविरहरू महोत्सवभर सञ्चालन गरिने भएको छ । नगरस्तरीय छात्रा भलिबल प्रतियोगिता, कविता प्रतियोगिता, नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरिने बताइएको छ ।

हीरक महोत्सवका लागि विद्यालयले १०१ जनाको मूल समारोह समिति गठन गरेको छ ।

बालिकाहरूलाई मात्र पढाउने भनी २००४ सालमा शुरु गरिएको शारदा बालिका नमूना विद्यालय कोशी प्रदेशकै पहिलो विद्यालय  हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments