विराटचोकः प्रि ओपन सेसनमा साढे २० अंक बढेर खुलेको नेप्से त्यसपछि ४० अंकसम्म बढे पनि अन्ततः झण्डै २४ अंकले तल झरेको छ ।
बजेटले लगानीकर्ताहरुको माग सम्बोधन नगर्दा बजार घटेको अनुमान गरिएको छ । बुधबार नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा अडिएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयर किनबेच भएको छ ।
बजार घटे पनि नेपाली शेयरबजारकै सबैभन्दा महङ्गो मूल्य भएको युनिलिभर नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयरमूल्य पनि १० प्रतिशत बढेको छ । पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ४१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सर्वोत्तम सिमेन्ट उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ३३ खर्ब १३ अर्ब २१ करोड १८ लाख २६ हजार ८२९ रुपैयाँ कायम भएको छ ।