विराटचोकः आज शेयर बजारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २० अंक बढेको छ ।
बजेट घोषणापछिको पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा २०.४८ अंक बढेर नेप्से २१३३.७२ विन्दुमा पुगेको छ । ८६ स्टकको १७० पटकको कारोबारमा ६० लाख ८९ हजार ६९२ रुपैयाँ ३० पैसाबराबरको १७ हजार ३५४ कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ७५ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ ।