विराटचोकः विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेकिएको दिनको सम्झनामा आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ ।
नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ का दिन पहिलो पटक सगरमाथामा पाइला राखेका थिए ।