काठमाडौंः आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले यससम्बन्धी जानकारी दिनुभएको हो ।
सो दिनको बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो पौने १ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गर्नुभएको छ । संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।