विराटचोकः आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने प्रयोजनका लागि शेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएको छ ।
सो इन्स्योरेन्सले जेठ २८ गते आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि भाटभटेनी, नक्सालमा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुबाट गरिएको सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने बताइएको छ ।