Friday, December 5, 2025
Homeफिचरयस्तो छ मन्त्रीहरुको शेयरमा लगानी विवरण, प्रधानमन्त्री र अर्थमन्त्रीको छैन शेयरमा लगानी

यस्तो छ मन्त्रीहरुको शेयरमा लगानी विवरण, प्रधानमन्त्री र अर्थमन्त्रीको छैन शेयरमा लगानी

विराटचोकः मङ्गलबार सार्वजनिक भएको संघीय मन्त्रीहरुको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरुको शेयरमा लगानी भएको देखाउँछ । केही मन्त्रीको लगानी नेप्सेमा सूचीकृत कम्पनीमा छ भने केही मन्त्रीको शेयर नेप्सेमा सूचीकृत नभएका कम्पनीको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनको भने कुनै कम्पनीको शेयरमा लगानी छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्स र लक्ष्मी बैंकको गरी ५ लाख रुपैयाँ बराबरको शेयर रहेको छ । जुली महतोकै नाममा महिला लघुवित्तको १ करोड रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकको २ करोड ५० लाख रुपैयाँको शेयर छ । जुली महतोको नाममा तीनवटै कम्पनीमा गरी ३ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको नाममा फरवार्ड माइक्रोफाइनान्सको २ लाख ४२ हजार १ सय ५ कित्ता शेयर तथा अन्य अन्य विभिन्न कम्पनीहरुमा गरेर १ लाख ५० हजार कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले १ करोड ९ लाख ८० हजार ५ सय ९ रुपैयाँ बराबरको नेप्सेमा सूचीकृत १५ हजार ९ सय ६ कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले श्रीमान कृष्णध्वज खड्का र छोरीहरु समेतको नाममा विभिन्न कम्पनीहरुको गरेर करिब १ हजार ५ सय कित्ता शेयर रहेको उल्लेख गरे पनि कम्पनीको नाम भने उल्लेख गरिएको छैन ।

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफ्नो सम्पत्ति विवरणमा मेगा बैंकको १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता शेयर रहेको उल्लेख गरेका छन् । त्यसका साथै बिग इन्भेष्टमेन्टमा ३५ लाख रुपैयाँ बराबरको ३५ हजार कित्ता, पिपुल्स इन्भेष्टमेन्टमा ९ लाख रुपैयाँ बराबरको ९ हजार कित्ता र जनसागर सहकारीमा १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता शेयर रहेको उल्लेख गरेका छन् । अम्बिका केसीको नाममा सुवर्णभूमि सहकारीमा १ लाख रुपैयाँ १ हजार कित्ता र संयम सहकारीमा २ लाख रुपैयाँ बराबरको २ हजार कित्ता शेयर रहेको उल्लेख गर्नुभएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बुबाले हस्तान्तरण गरेको नबिल बैंकको ७ सय ४९ कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । नेप्सेमा सूचीकृत नभएको कोशी कोल्यवासमा ३० प्रतिशत, बटु्का विभरीमा ७० प्रतिशत र चेनेला काठमाडौंमा २५ प्रतिशत शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पाटीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेलको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा ८ करोड ७५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत शेयर रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीकी श्रीमती जयलक्ष्मीदेवी जोशीको नाममा रगुनखोलाको ८ लाख रुपैयाँको शेयर रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले न्यु एरा रेष्टुरेन्ट एन्ड पार्टी प्यालेस, पोखरामा ५० लाख रुपैयाँ बराबरको शेयर लगानी गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका छोरा मनोज अधिकारीको नाममा भिजन इनर्जीको १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता शेयर रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सम्पत्ति विवरणमा प्रसिद्ध भण्डारीको नाममा संगम हस्पिटालिटी प्रालिमा ८ लाख बराबरको ८ हजार कित्ता शेयर रहेको उल्लेख छ ।

वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीले सम्पत्ति विवरणमा जानकी फन पार्कमा मञ्जु शाहको नाममा १ करोड ३५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत शेयर रहेको उल्लेख गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments