विराटनगरः कोशी प्रदेशको नयाँ मन्त्रिमण्डलमा पर्यटन वन तथा वातावरण राज्यमन्त्री बन्ने बन्दना झाँगड सो समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति बन्नुभएको छ ।
बन्दनालाई माओवादी केन्द्रले समानुपातिक सांसद हुँदै राज्यमन्त्री बनाएको हो ।
मन्त्रालयमा आयोजित सामान्य परिचयात्मक कार्यक्रममा विभागीय कर्मचारी तथा सामुदायिक वनका अभियन्ताको उपस्थितिबीच बोल्दै उहाँले मन्त्रालयको काम कारबाही कसरी सफल बनाउने भन्ने कुरा मन्त्रीको हातमा मात्रै नहुने हुनाले मन्त्रालयका सबै कर्मचारीसहित एकअर्कालाई सहयोग गरेर अगाडि बढे मात्रै लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।
झाँगड समुदायको जनसङ्ख्या लगभग ७ हजार छ । झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने झाँगड समुदायअन्तर्गतको खडिया समुदायकी बन्दना जनयुद्धको देनले आफू मन्त्री बन्न सफल भएको बताउनुहुन्छ ।