काठमाडौंः वाणिज्य बैंकहरुको औसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ । औसतमा व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर जेठ महिनाका लागि ७ दशमलव ०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७ दशमलव १५ प्रतिशत रहेको थियो । औसतमा १९ बैंकहरुको ब्याजदर ० दशमलव ०८ बिन्दुले घटेको हो ।
९ बैंकको ब्याजद घटेको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकहरुले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन् । मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबिआई बैंकको रहेको छ ।