विराटचोकः नेपाल आदिवासी जनजाति महासङ्घ सुन्दरहरैँचा नगर समन्वय परिषद मोरङको आयोजनामा जनजातिलक्षित कार्यक्रम अन्तर्गत तीन दिने उद्घोषण तथा भाषणकला तालिम शुरु भएको छ ।
सुन्दरहरैँचा वडा नम्बर ६ मा रहेको आदिवासी सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैँचा वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिम्बू रहेका थिए । विशिष्ट अतिथि कार्यपालिका सदस्य तथा किरात याक्खा छुम्माकी केन्द्रीय सदस्य आनन्द लिङ्खा, किरात याक्खा छुम्मा केन्द्रीय सल्लाहकार तथा भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, सञ्चारकर्मीेलगायतको उपस्थिति थियो ।
सबै वडाबाट प्रतिनिधित्व रहने गरी विभिन्न उमेर समूहका ३५ जना प्रशिक्षार्थीलाई प्रशिक्षक केपी घिमिरेले सहजीकरण गरेका थिए । आयोजक संस्थाका सचिव अशिम राईले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको सभापति सुमन याख्खा रहेका थिए ।