Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिआज मातातीर्थ औंसी

आज मातातीर्थ औंसी

आज मातातीर्थ औंसीको दिन हो । नेपाली समाजमा वैशाख कृष्णपक्ष अमावश्यालाई मातातीर्थ औंसीका रूपमा मनाइन्छ । आजको दिन आमाको मुख हेर्ने दिनका नामले प्रख्यात छ । आज सन्तानहरुले आफ्नी आमालाई राम्राराम्रा लुगा तथा मीठामीठा खानेकुरा दिन्छन् । शास्त्रीय मान्यताअनुसार गुरु र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्दै आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र आमाले गरेका सुखदुःख सम्झने गर्छन् ।

आज दिवङ्गत आमाको सम्झनामा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्छ । आमा दिवङ्गत भएकाहरू बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments