लेटाङः यशोदा दुलालको अध्यक्षतामा अखिल नेपाल महिला संघ लेटाङ नगर कमिटीको नयाँ नेतृत्व शुक्रबार सर्वसम्मत चयन गरिएको छ । दुलाल यसअघि कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो ।
समितिको उपाध्यक्षमा केशिमाया राई, सचिवमा पवित्रा मगर, सहसचिवमा रत्ना पौडेल र कोषध्यक्षमा थिरकुमारी पोखरेल चयन हुनुभएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाङ्फेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले ३१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
नगर कमिटी अध्यक्ष मनकुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज धनमाया तामाङ, केन्द्रीय सदस्य टीका भट्टराई, अनेमसंघ कोशी प्रदेश उपाध्यक्ष सरला राई, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, अनेमसंघ कोशी प्रदेश कमिटी सचिवालय सदस्य मेनुका आचार्य, अनेमसंघ कोशी प्रदेश कमिटी सदस्य तथा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, अनेमसंघ कोशी प्रदेश कमिटी सदस्य चीजमाया चेम्जोङ, अनेमसंघ मोरङ जिल्ला कमिटी अध्यक्ष भिष्मा रेग्मी लगायतको उपस्थिति थियो ।
उपाध्यक्ष यशोदा दुलालले स्वागत मन्तव्य राख्नुभएको अधिवेशनमा अध्यक्ष मनकुमारी राईले राजनीतिक प्रतिवेदन, सचिव तारा गुरागाईं निरौलाले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चम्पा थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।