गोठगाउँः विश्वको वायु प्रदूषण गुणस्तर सूचक आइक्युएअर डट कमका अनुसार आज बिहान ६ बजे सबैभन्दा प्रदूषित शहरको रुपमा पाकिस्तानको लाहोर रहेको छ । दोस्रो प्रदूषित शहर इण्डोनेसियाको जाकार्ता र तेस्रो प्रदूषित शहर भारतको दिल्ली रहेका छन् ।
आइक्युएअर डट कमका अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अहिले बिहान ६ बजे लाहोरको एक्युआई सूचक १९८, जाकार्ताको १९६ र दिल्लीको १६८ रहेको छ ।
काठमाडौंसहित नेपालका पूर्वी भागमा भएको वर्षाका कारण नेपालको वायु प्रदूषण भने घटेको छ । एक्युआइ सूचकमा नेपाल हिजोसम्म तेस्रो चौथो स्थानमा रहँदै आएकोमा आज चौधौँ स्थानमा रहेको छ । एक्युआइ सूचक १५० हाराहारीमा रहँदै आएकोमा आज १०० को आसापास आएको छ । आज काठमाडौंको एक्युआई सूचक १०४ रहेको छ ।
यो इण्डेक्स दिनभर एउटै रहँदैन । प्रत्येक मिनेटमा तलमाथि भइरहन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्युआई सम्मलाई सामान्य मानिन्छ ।
यस्तो छ आज बिहान ६ बजेको एक्युआई सूचकाङ्क