Wednesday, December 25, 2024
Homeधर्म र संस्कृतियस्तो छ मातातीर्थको उत्पत्ति कथा

यस्तो छ मातातीर्थको उत्पत्ति कथा

काठमाडौंः आज मातातीर्थ औंसीको दिन हो । दिवङ्गत आमाको सम्झनामा काठमाडौंको मातातीर्थमा आज ठूलो मेला लाग्छ । आमा दिवङ्गत भएकाहरू बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् ।

शास्त्रमा हरेक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । मातातीर्थको उत्पत्ति सम्बन्धमा प्रचलित एउटा कथा रोचक छ ।

कथाअनुसार धेरै वर्ष पहिले हालको मातातीर्थमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले उक्त चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । त्यस्तो आश्चर्य देखेर सँगै भएका अरु गोठालाले पनि रोटीका टुक्रा फयाँके । तर ती रोटीका टुक्रा हराएनन् । उनीहरुका आमा जीवित भएकाले गोठालाहरुले फ्याँकेका रोटी त्यहीँ रहे । आमा नहुने गोठालाले फ्याँकेका रोटीमात्र गायब भए । कथाअनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी पनि आमा थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औंसी थियो ।

भोलिपल्ट पनि ती गोठालाले अघिल्लो दिनको झैँ रोटीका टुक्रा फ्याँके । तर अघिल्लो दिनको जस्तो रोटी हराएन । यो कुरा थाहा पाएपछि गाउँलेले औंसीका दिन मृत आमाहरु त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदारहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ मातातीर्थ नामकरण गरे । यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरुले त्यो कुण्डमा नुहाएर मीठामीठा खाद्यवस्तु चढाई मातातीर्थ औंसी मनाउन थालेका हुन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments