काठमाडौंः नेपाल पत्रकार महासंघले नयाँ कार्यसमिति चयनका लागि आगामी २६ जेठमा निर्वाचन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा भएको महासंघको २७ औं महाधिवेशनले सो निर्णय गरेको हो ।
महाधिवेशनले पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा हाल उत्पन्न विवाद समाधानका लागि त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग तथा इतिहास विभागसँगको समन्वयमा अध्ययन अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्ने जनाएको छ ।