Tuesday, December 24, 2024
Homeअर्थयस वर्ष नेपालको आर्थिक वृद्धिदर दोब्बर बढ्ने अनुमान

यस वर्ष नेपालको आर्थिक वृद्धिदर दोब्बर बढ्ने अनुमान

काठमाडौंः चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्ष आर्थिक वृद्धिदर १ दशमलव ८६ प्रतिशतमात्र थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज लेखा तथ्याङ्कसम्बन्धी विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०\०८१ मा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको हो ।

यस्तै चालु आर्थिक वर्षमा आधारभुत मूल्य वृद्धिदर ३.५४ प्रतिशत हुने अनुमान गरिएको छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान छ ।

चालु आर्थिक वर्षको प्रतिव्यक्ति आय १४५६ डलर हुने अनुमान छ । विभिन्न क्षेत्रको मूल्याङ्कन तथा मापन गरेर आर्थिक वृद्धिको अनुमान हुँदै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments