विराटनगरः विराटनगरनिवासी साहित्यकार हरिप्रसाद बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसङ्ग्रहको लोकार्पण गरिएको छ ।
बुधबार विराट साहित्य संगमले विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्रमोद प्रधान, प्रा.डा. टंकप्रसाद न्यौपाने, विवश पोखरेल, खेम नेपाली, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले सङ्ग्रहको लोकार्पण गर्नुभएको हो । लोकार्पित निबन्ध सङ्ग्रहका बारेमा साहित्यकार हरि कट्टेल र निर्मला कोइरालाले समीक्षा गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अग्रज साहित्यकार प्रमोद प्रधानले नेपाली साहित्यमा निबन्ध विधाको छुट्टै महत्व र इतिहास रहेको बताउनुभयो ।
कृतिकार हरिप्रसाद बरालले निबन्ध सङ्ग्रह लेख्दाको अनुभव सुनाउनुभएको थियो ।