Tuesday, December 24, 2024
Homeफिचररातो पोतिएर शुरु भयो ८१ सालको नेप्से सूचक

रातो पोतिएर शुरु भयो ८१ सालको नेप्से सूचक

विराटचोकः २०८१ सालको पहिलो शेयर कारोबारमा गिरावट आएको छ । दिनभर झिनो अङ्कले तलमाथि गरिरहेको शेयर बजार कारोबार बन्द हुने बेलामा २ दशमलव ३५ अङ्क घटेर २०२३ दशमलव ३५ को बिन्दुमा अडिएको छ । सेन्सेटिभ इन्डेकस चाहिँ शून्य दशमलव ०१ अङ्क बढेको छ ।

वर्षको पहिलो कारोबार दिन कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ३२० कम्पनीको ५९ हजार ४२ पटकको कारोबारमा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच भएको छ ।

आइतबार सिर्जनशील लघुवित्तको शेयर १० प्रतिशत बढ्दा एनआईसी एशिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आइतबार सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७४५ रुपैयाँको शेयर किनबेच भएको छ । पोखरा फाइनान्स, ङादी ग्रुप पावर, सूर्यज्योति लाइफ र हिमालयन रिइन्स्योरेन्स उच्च कारोबार गर्ने ५ कम्पनीमा परेका छन् ।

आइतबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ९१ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक १ दशमलव ०४ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ८ अर्ब २७ करोड १ लाख ३ हजार ६७० रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments