Tuesday, December 24, 2024
Homeखेलकुदसुन्दरहरैंचा मेयर कपः वडा नम्बर ६ सेमीफाइनलमा

सुन्दरहरैंचा मेयर कपः वडा नम्बर ६ सेमीफाइनलमा

गोठगाउँः सुन्दरहरैंचा ७ स्थित खेलमैदानमा जारी सुन्दरहरैंचा मेयर कप फुटबलअन्तर्गत आइतबार भएको प्रतियोगिताबाट वडा नम्बर ६ सेमीफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा जर्सी नम्बर १० का खेलाडी सुदीप कार्कीले ह्याट्रिक पूरा गरेका थिए । ह्याट्रिक गर्नै खेलाडी कार्की नै खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ पुरस्कार पाए ।

बाइ पाएर पहिलो पटक खेलेको वडा नम्बर ३ र चैत २८ गतेको प्रतियोगितामा वडा नम्बर ८ लाई शून्यका विरुद्ध १ गोल गरी पराजित गरेको वडा नम्बर ६ बीच प्रतिष्पर्धा भएको थियो ।

आज वडा नम्बर २ र वडा नम्बर ४ बीच खेल हुनेछ ।

२९ गते भएको खेलमा वडा नम्बर ४ ले वडा नम्बर ९ लाई ० का विरुद्ध २ गोलले पराजित गरेको थियो भने वडा नम्बर २ बाइ पाएर पहिलो पटक प्रतिष्पर्धामा सहभागी हुन लागेको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments