विराटचोकः गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश घोषणा गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश हात पार्न शेयरधनी बन्ने अन्तिम दिन बैशाख ६ गते बिहीबार रहेको छ ।
चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा बैशाख २१ बिहान १० बजे विराटनगरको होटल ह्यारिसन प्यालेसमा बोलाएको छ । सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरिनेछ । चैत २० गते बसेको सञ्चालक समितिले चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बैशाख ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
बुक क्लोजको अघिल्लो दिनसम्म शेयर किन्ने लगानीकर्ताले सो लाभांश हात पार्नेछन् ।