Tuesday, December 24, 2024
Homeखेलकुदप्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी भयो तेस्रो, बागमती पहिलो

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी भयो तेस्रो, बागमती पहिलो

भरतपुरः प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले तेस्रो स्थानमा चित्त बुझाएको छ । बागमती प्रदेश ६१ स्वर्ण, ४३ रजत र ३६ कास्य सहित १४० पदकका पहिलो भएको छ ।

बागमतीले महिला भलिबलमा १ स्वर्ण, बक्सिङ्गमा ९ स्वर्ण ६ रजत र ६ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ४ कास्य, तेक्वान्दोमा ७ स्वर्ण, ४ रजत र ९ कास्य एथलेटिक्समा ७ स्वर्ण, ७ रजत र ८ कास्य, पौडीमा २७ स्वर्ण, १९ रजत र ७ कास्य र बाडमिन्टनमा १ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरेको हो ।

आइतबार भएको पुरुष फुटबलको फाइनल खेलमा कोशीले बागमतीलाई पाखा लगाउँदै स्वर्ण पदक हात पारेको छ ।

प्रतियोगितामा सुदुर पश्चिम प्रदेश २१ स्वर्ण, २१ रजत र २९ कास्य गरी ७० पदक हात पारी दोस्रो भएको छ ।

सुदुर पश्चिमले महिला क्रिकेटमा १ स्वर्ण, बक्सिङमा ३ स्वर्ण, १ रजत र ६ कास्य, कराँतेमा ३ स्वर्ण, २ रजत र ५ कास्य, तेक्वान्दोमा ५ स्वर्ण, ३ रजत र २ कास्य, एथलेटिक्समा ६ स्वर्ण, ६ रजत र ६ कास्य, पौडीमा ३ स्वर्ण, ८ रजत र ७ कास्य, बाडमिन्टनमा २ कास्य, महिला फुटबलमा १ रजत, पुरुष भलिबलमा १ कास्य हात पारेको हो ।

प्रतियोगितामा कोशी प्रदेश १६ स्वर्ण, २३ रजत र ३६ कास्य गरी ७५ पदकका साथ तेस्रो भएको छ ।

कोशीले पुरुष फुटबलमा १ स्वर्ण, महिला फुटबलमा १ स्वर्ण, महिला क्रिकेटमा १ रजत, पुरुष भलिबलमा १ रजत, बक्सिङमा २ स्वर्ण, ५ रजत र ६ कास्य, करातेमा १ स्वर्ण, ६ रजत र ६ कास्य, तेक्वान्दोमा ५ स्वर्ण, २ रजत र ६ कास्य, एथलेटिक्समा २ स्वर्ण, ४ रजत र २ कास्य, पौडीमा ३ रजत र १३ कास्य ब्याडमिन्टनमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेको हो ।

गण्डकी ११ स्वर्ण, १८ रजत र २० कास्यसहित ४९ पदकका साथ चौथो, लुम्बिनी ११ स्वर्ण, १६ रजत र २८ कास्य गरी ५५ पदकका साथ पाँचौं, कर्णाली ११ स्वर्ण, १० रजत र २४ कास्य गरी ४५ पदकका साथ छैटौं तथा मधेस प्रदेश ३ स्वर्ण, ३ रजत र १५ कास्य गरी २१ पदकका साथ सातौँ स्थानमा रहेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेल समावेश गरिएको थियो । पुरुष फुटबलबाहेकका ८ वटा खेलको प्रतिष्पर्धा चितवनमा भएको थियो ।

भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चैत्र २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरी शुरु प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलको फाइनलसँगै आइतबार गौरीटार रंगशाला हेटौंडामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समापन गरे ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा चैत २५ गते प्रतियोगिता शुरु भएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments