नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँ बढी हो। अघिल्लो दिन अर्थात मंगलबार यस्तो सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनसँगै यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ जुन मंगलबारको तुलनामा १५ रुपैयाँ बढी हो। मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।