काठमाडौंः काठमाडौंमा आयोजित ‘स्किल फेस्ट’ प्रतियोगितामा इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयकी छात्रा विजेता हुनुभएको छ । कोशी, वागमती र लुम्बिनी प्रदेशका प्रशिक्षार्थी सहभागी फेस्टमा आयोजित स्यान्डविच बनाउने प्रतिष्पर्धामा रविना बुढाथोकी विजेता बन्नुभएको हो ।
नेपाल र स्वीट्जरल्यान्ड सरकार बीचको द्विपक्षीय पहल दिगो तथा सम्मानित रोजगारीको लागि सीप कार्यक्रम परियोजनासँगको सहकार्यमा ग्लोबल प्रालिले फेस्टको आयोजना गरेको हो । प्रतियोगितामा स्यान्डविच बनाउनुका साथै अटोमोबाइल इन्जिनियरिङ, एचटीएमएल कोडिङबाट वेबसाइट निर्माण गर्ने विद्यार्थीहरुबीचसमेत प्रतिष्पर्धा भएको थियो ।
प्रतियोगितामा अटोमोबाइल इन्जिनियरिङतर्फ कृष्णबहादुर कटुवाल र वेबसाइटतर्फ तेजनारायण राजवंशी विजयी भएका थिए ।
होटल एसोसिएसन नेपाल (हान)का प्रतिनिधिहरु, आईटी विज्ञहरू र अटोमोबाइल व्यवसायीहरु प्रतियोगिताको निर्णायक रहेका थिए ।