इटहरीः विद्युतीय सवारीमा आकर्षण बढेसँगै हाइलङ्ग कम्पनीको शोरुम उद्घाटन हुन नपाउँदै इटहरीमा विद्युतीय गाडीको बिक्री बढिरहेको छ ।
यसअघि एकै पटक १० वटा गाडी बिक्री गरेको हाइलङ्गको आधिकारिक विक्रेता सप्तकोसी ट्रेडिङले आइतबार १० वटा भ्यान बिक्री गरेको छ ।
पूर्वेली यातायात व्यवसाय कम्पनीलाई सप्तकोसी ट्रेडिङले एक कार्यक्रममा बीच गाडी हस्तान्तरण गरेको हो । कम्पनीका उपाध्यक्ष मोहनमणि बरालका अनुसार सम्पूर्ण फिचर सहितको हाइलङ्ग भ्यानका साथै आइतबारदेखि नै विद्युतीय माइक्रो बस बिक्री शुरु गरेको बरालले बताउनुभयो ।
खर्चमा मितव्ययी हुनुका साथै विद्युतीय गाडीले प्रदूषण समेत कम गर्ने हुनाले विद्युतीय सवारीप्रति उपभोक्ताको रुचि बढेको सप्तकोसी ट्रेडिङका सञ्चालक दीपक पोखरेलले बताउनुभयो ।