Tuesday, December 24, 2024
Homeफिचरघोडेजात्राका दिन सुन र चाँदी दुवैको भाउले बनायो उच्च मूल्यको कीर्तिमान

घोडेजात्राका दिन सुन र चाँदी दुवैको भाउले बनायो उच्च मूल्यको कीर्तिमान

विराटचोकः आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइन्छ । घोडेजात्रा मनाइने हुनाले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।

पछिल्लो समय सुन र चाँदीको मूल्य पनि घोडा झैँ दौडिइरहेको छ । हिजो तोलामा २ हजार ९ सय रुपैयाँ बढेर नयाँ कीर्तिमानी मूल्य कायम भएको सुनचाँदीको भाउले आज सो कीर्तिमानी भङ्ग गरेको छ र नयाँ कीर्तिमानी मूल्यको बिन्दु तय गरेको छ । सुनको भाउ आज तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ३६ हजार २०० रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख ३५ हजार ५५० रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार ६८५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५५ रुपैयाँ बढेको थियो ।

पछिल्ला दिनमा सुन र चाँदीको भाउ लगातार बढेर नयाँ कीर्तिमानी मूल्य कायम गरिरहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments