Tuesday, December 24, 2024
Homeकला र साहित्यपालाम सङ्ग्रह ‘मायाको सृष्टि’ लोकार्पित

पालाम सङ्ग्रह ‘मायाको सृष्टि’ लोकार्पित

बेलबारीः लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालाम सङ्ग्रह ‘मायाको सृष्टि’ को शुक्रबार लोकार्पण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले कृतिको लोकार्पण गर्नुभएको हो ।
लोकार्पित कृतिमाथि मदन हुक्पा चोङबाङ र देवेन्द्र खापुङ सुर्केलीले टिप्पणी गर्नुभएको थियो । गायक श्याम गौतम र मोती चोङबाङले पालाम गाउनुभएको थियो ।

कार्यक्रममा पालाम गायनका साथै लिम्बूहरूको सांस्कृतिक नृत्य धाननाच प्रस्तुत गरिएको थियो ।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव उमा सिजापती र सहआयोजक संस्था किराँत याक्थुङ चुम्लुङ नगरकमिटि सचिव कृष्ण मेन्याङबोले गर्नुभएको थियो ।
कार्यक्रममा बेलबारीका अग्रज स्रष्टा इरान राई, लेखक तथा अनुसन्धानकर्ता केशु विरही, विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, प्रलेस नेपाल कोशी प्रदेश अध्यक्ष तिला लेकाली, अनुसन्धाता मदन हुक्पा चोङबाङ, देवेन्द्र खापुङ सुर्केली, किराँत याक्थुङ मोरङ अध्यक्ष डि.वी. कुरुम्बाङ, किराँत याक्थुङ चुम्लुङ सांस्कृतिक परिषद्का मोरङ अध्यक्ष ज्योति हाङश्रोङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजीत पराजुली, किराँत याक्थुङ चुम्लुङ नगर समिति बेलबारीका कार्यवाहक अध्यक्ष चन्द्रकला लिम्बू, कलाकारहरू श्याम गौतम, शिव छाङ्छा राई, मेखराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments