सिन्धुलीः सिन्धुलीका ३ पालिकाले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधि र कर्मचारीहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउनुपर्ने निर्णय गरेका छन् ।
सिन्धुलीका कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका र मरिण गाउँपालिकाले गाउँ कार्यपालिकाबाट निर्णय गर्दै पालिका मातहतका कर्मचारी, जनप्रतिनिधि तथा सरकारी सेवा सुविधा लिनेका छोराछोरीलाई आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन जारी गरेका हुन् । निर्णय नमानेमा कारबाही गरिने चेतावनी दिइएको छ ।