धनकुटाः नवनियुक्त खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट एक करोड बजेट उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
मन्त्री राईको बधाई तथा सम्मानका लागि धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो घोषणा गर्नुभएको हो । आगामी आर्थिक वर्षमा आवश्यकता अनुसार पुनः बजेट थप गर्ने मन्त्री राईको भनाइ थियो ।
खानेपानी उपभोक्ता समिति अध्यक्षसमेत रहेका धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले खानेपानी समस्या समाधानका लागि बजेट माग गर्दै मन्त्री राईलाई माग पत्र बुझाउनुभएको थियो ।