विराटचोकः सुन्दरहरैँचाका युवा व्यवसायी नेत्रप्रसाद चौलागाईँले गरिब तथा विपन्न परिवारका सन्तानका अध्ययनमा सहयोग पुग्नेगरी निवृत राष्ट्रसेवक समाज सुन्दरहरैंचामा १ लाख २५ हजार रकमको अक्षय कोष स्थापना गर्नुभएको छ ।
टि एन ग्रुप अफ कम्पनीका निर्देशक चौलागाईँले निवृत्त राष्ट्रसेवक समाजको कोसी प्रदेश अधिवेसनको अवसर पारेर उक्त अक्षय कोषको स्थापना गर्नुभएको हो । सेवा निवृत्त व्यक्तिको प्रयासमा सहभागी हुन आफूले पनि सानो सहयोग गरेको उहाँको भनाइ थियो ।
निवृत्त राष्ट्रसेवक समाज सुन्दरहरैँचा नगर समितिका अध्यक्ष उमाकान्त चौलागाईँलेमसंस्थाको दिगो विकासका लागि अक्षय कोषलाई विस्तारमा संस्था लागिरहेको बताउनुभयो ।